सिन्धुली ६, मङ्सिर । सिन्धुलीको दुधौली नगरपालिका–५, सिर्थौली नयाँटोलस्थित भित्री कच्चि सडक खण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १९५१ नम्बरको खाली ट्याक्टर अनियन्त्रीत भई सडकमा पल्टिदा चालक दुधौली नगरपालिका–५ छपाहाका २१ बर्षिय बियसकुमर दनुवारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार बिहान ९ बजेतिर दुधौली नगरपालिका–५ नयाँटोलबाट छपाहातर्फ मल लिन जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।