काठमाण्डौ ६, मङ्सिर । पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ७४ जनामा कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार एक सय ४४ नमुना परीक्षण गर्दा ६ सय ६१ महिला र एक हजार १३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३ सय २५ जना सङ्क्रमणमुक्त भएका छन् भने एक हजार ३ सय ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २४ हजार ९ सक्रिय सङ्क्रमित रहेका छन् ।