Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नदीले बगाएका युवक तीन दिनदेखि वेपत्ता


2.4K
Shares

नदीले बगाएका युवक तीन दिनदेखि वेपत्ता

नुवाकोट ६, मङ्सिर ।त्रिशूली नदीले बगाएर नुवाकोटको ढुंगेबजारका एक युवक तीन दिनदेखि वेपत्ता भएका छन् । कवाडी सामान संकलन गर्ने क्रममा चिप्लियर नदीमा खसेका युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नदी किनारमा बुधबार बिहान कवाडी सामान संकलन गर्ने क्रममा विदुर नगरपालिका वडा नं. १ ढुंगेवजारका ५२ वर्षिय सोमबहादुर नगरकोटीलाई नदीले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको खोजीमा सुरक्षाकर्मी परिचालन भएको प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । वेपत्ता सोमवहादुरको खोजीमा आफन्तजन, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सेना परिचालित भएपनि शुक्रवार बेलुकीसम्म पनि फेला पार्न नसकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology