Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुको भेटघाट तिव्र


2.9K
Shares

पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुको भेटघाट तिव्र

काठमाण्डौ ६, मङ्सिर । पार्टीभित्रको विवाद समाधानका लागि सत्तारुढ नेकपाका दोस्रो तहका नेताहरुले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् । हिजो अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सचिवालय तथा स्थायी कमिटीका केही नेताहरुसँग पार्टीभित्र देखिएको विवाद बारेमा कुराकानी गर्नुभएको छ ।

छलफलका क्रममा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष प्रचण्डलाई सचिवालय बैठकमा राखिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ । धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले यस्तो आग्रह गर्नुभएको हो । महासचिव पौडेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काउनुभएको बताइएको छ ।

उहाँले पार्टी भित्रको सवाल जवाफले एकताको डोरी नचुडिने पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले नेकपा संसदीय दलका उप नेता सुवास नेम्वाङसँग पनि छुट्टै छलफल गर्नुभएको छ । प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पन्नाको प्रस्ताव राख्नुभएको थियो । यो बिषयलाइ लिएर पार्टी विभाजनको स्थितिमा पुगेको टिप्पणी भइरहेका बेलामा दोस्रो तहका नेताहरु समन्वयमा जुटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology