Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

परिस्थिती गम्भीर भएपनि एकताको डोरी चुँडिसकेको छैन : प्रचण्ड


6K
Shares

परिस्थिती गम्भीर भएपनि एकताको डोरी चुँडिसकेको छैन : प्रचण्ड

काठमाण्डौ ५, मङ्सिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको डोरी चुँडिनसकेको बताउनु भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग केन्द्रीय मुख्यालय धुम्बाराहीमा आज भएको भेटमा उहाँले यस्तो बताउनु भएको हो । भेटमा अध्यक्ष प्रचण्डले अझैपनि आफू एकता जोगाउन तयार रहेको बताउनु भएको भेटपछि नेता नेम्वाङले जानकारी दिनुभयो । ‘

अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भयो, उहाँले भन्नुभयो, प्रष्ट भाषामा अध्यक्ष प्रचण्ड एकता जोगाउन तयार हुनुहुन्छ ।’भेटमा नेम्वाङले पार्टी एकता जोगाउन पहल लिन प्रचण्डसँग आग्रह गर्नुभएको थियो । भेटमा नेम्वाङले भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयकै जगमा दुवै अध्यक्ष उभिनुपर्ने बताउनु भएको थियो ।

‘तपाईंहरु दुवै (दुई अध्यक्ष)को सहमतिमा कार्यदल हुँदै स्थायी कमिटीबाट निर्णय भएको छ, त्यही सहमतिको आधारमा अगाडि बढौं’, नेम्वाङको प्रस्ताव थियो । संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको, र विभाजित भएर जनतासम्म जान नसकिने पनि नेम्वाङले बताउनुभयो ।

नेम्वाङसँगको कुराकानीमा प्रचण्डले पार्टीमा अहिले अलिक बढी नै समस्या आएको बताउनु भएको थियो । । तर, यो संकट समाधान गर्नै नसकिने चाहिँ नभएको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology