गोरखा ५, मङ्सिर गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क) को निर्वाचन क्षेत्र बिकास कार्यक्रममा प्राप्त २ करोड करोड रुपैयाबाट २५ वटा योजना छनोट भएका छन् । प्रदेश सांसद तथा गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको अध्यक्षतामा बसेको निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम निर्देशक समितिको बैठकले सडक स्तरोन्नती, सामुदायिक भवन निर्माण लगायतका बिभिन्न २५ शिर्षकमा बजेट बाँडफाँड गरेको हो ।
कार्यक्रम अन्र्तगत गोरखा नगरपालिका–२ स्थित कोखेआहाले देउराली डाँडा गाइखुर सडक स्तरोन्नतीका लागि रु २५ लाख, आहाले मुस्लिम कबस्थानमा कम्पाउण्ड निर्माणका लागि रु २५ लाख रुपैया छुट्याइएको मन्त्री थापामगरले जानकारी दिनुभयो । यस्तै गोरखा नगरपालिका–५, स्थित सतिपिपल स्वाँरा घलाङ सडक स्तरबृद्धिका लागि रु ८ लाख, गण्डकी गाउँपालिका–३ मा तिवारी गाउँदेखि भैरव मन्दिरसम्म पुग्ने सिढी बाटो निर्माणका लागि रु ५ लाख रकम बिनियोजना गरिएको उहाँले बताउनुभयो ।
मन्त्री थापामगरले गोरखा नगरपालिका–४ स्थित नमुना टोल सुधार समितिको सामुदायिक भवन निर्माणका लागि रु ७ लाख, गोरखा नगरपालिका–३ मा बिन्दबासिनी मा.बि शहिद प्रकाश धिताल स्मृति मञ्च निर्माणका लागि रु ६ लाख, गाइखुर रजेदार टोल बिकास संस्थाको अधुरो भवन निर्माणका लागि रु ३ लाख, गोरखा अस्पतालमा रहेका शव भवनको साइडमा कम्पाउण्ड वाल निर्माणका लागि ६ लाख, नेपाल मगरसंघ जिल्ला समिति गोुखाको भौतिक पूर्वाधार निर्माणका लागि रु ८ लाख रकम छुटइएको जानकारी दिनुभयो ।
त्यस बाहेक स्याम्केस चेपाङ गाउँमा बाख्राको खोर तथा अन्य पूर्वाधार निर्माणका लागि ६ लाख, याङ्दीमा शिव पार्वती कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख, कालिका युवा क्लबको भवन निर्माणका लागि ७ लाख, दर्वुङमा रहेको अन्नूपूर्ण महिला समुहको भवन निर्माण ८ लाख, महाकाली एकिकृत युवा क्लबको भवन निर्माणका लागि ७ लाख, कृषि तथा बन बिज्ञान अनुसन्धान केन्द्रको भैतिक पूर्वाधार निर्माणका तथा तारबारका लागि ६ लाख, सिउरेनीटार कृषि सामुदायिक भवन निर्माणका लागि ८ लाख, दारसिङ महिला समुहको अधुरो भवन निर्माणका लािग ३ लाख रकम बिनियोजन गरिएको छ ।
उहाँले सिम्ले धुर्ली स्वाँरा महिला सामुदायिक भवन निर्माणका लागि ३ लाख, द लाख, उपशक्ति युवा क्लबको भवन निर्माणका लागि ७ लाख, कोठथोक पर्यटन सामुदायिक भवन निर्माणका लागि ७ लाख, तल्लो ज्यामिस्वाँरा साुमदायिक भवन निर्माणका लागि ७ लाख, थापागाउँ कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख, छापथोक कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख र सहित अविनास स्मृत युवा क्लबको अधुरो भवन निर्माणका लागि रु ६ लाख रुपैया बिनियोजन भएको जानकारी दिनुभयो ।