Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट पोखरा जाँदै गरेको स्कुटरको ठक्करबाट १० बर्षिय बालक गम्भीर घाइते


3.6K
Shares

गोरखाबाट पोखरा जाँदै गरेको स्कुटरको ठक्करबाट १० बर्षिय बालक गम्भीर घाइते

गोरखा ४, मङ्सिर । गोरखाबाट पोखरा जाँदै गरेको स्कुटरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत तनुहँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा गोरखाबाट गइरहेको लु ६० प ५४९ नम्बरको स्कुटरले सोही ठाउँका १० बर्षका सौरब थापालाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

स्कुटरको ठक्करबाट बालकको टाउको र निधारमा चोट लागेको छ । उनको स्थानी तनहुँ सेवा अस्पतालमा सामान्य उपचारका पछि थप उपचारका लागि कालिगण्डकी अस्पताल पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने चालक स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सडक हिडिरहेका बेला स्कुटरले बालकलाई ठक्कर दिन पुगेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology