गोरखा ४, मंसिर । ब्यापारीक घराना तथा ‘भरत साहू’ नामले परिचित भरतबावु श्रेष्ठको आज निधन भएको छ । चौबिस कोठी परिवारका सदस्य श्रेष्ठको आज (बिहीबार) काठमाण्डौंमा निधन भएको हो । एक सफल ब्यबसायी तथा समाज सेवीका रुपमा परिचित श्रेष्ठले गोरखामा संस्कृत पढाउनका लागि गोरखक्षनाथ वैदिक गुरुकुलको स्थापना गर्नुभएको थियो । स्वर्गीय श्रेष्ठ त्यसका संरक्षक समेत हुनुहुन्छ ।
उहाँले आफ्ना स्वर्गिय बावुआमाको नाममा प्रेमनारायण देवकुमारी साँस्कृतीक प्रतिष्ठानका समेत स्थापना गर्नुभएको थियो । उहाँ त्यसका वहालवाला अध्यक्ष रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
आफु बसेको स्थान तिनधारे खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष समेत रहेका श्रेष्ठलाई ३ साता अगाडी कोरोना संक्रमण देखिएको र त्यस लगत्तै छातीमा संक्रमण अर्थात निमोनिया देखिएपछि राजधानीको ओम अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
कोरोना नेगेटिभ देखिएका उहामा निमोनिया देखिएपछि उपचारकै क्रममा आज बिहान ३ः४० बजे निधन भएको हो । बि. स १९९६ सालमा जन्मिएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।