Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चर्को बिबादका बिच बसेको नेकपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णय


2.9K
Shares

चर्को बिबादका बिच बसेको नेकपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

काठमाण्डौ ३, मङ्सिर  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिनुभयो । यस्तै मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सार्ने निर्णय पनि भएको छ ।

यस्तै अर्को सचिवालय बैठक मंसिर १३ गते बस्ने छ । १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव पेश गर्ने बताउनुभएको थियो ।

गत शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव सचिवालयमा पेश गर्नुभएको हो । यसैबीच, नेकपाका महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव गर्नुभएको छ । आज बसेको सचिवालय बैठकमा उहाँले सो प्रस्ताव राख्नुभएको हो ।

सचिवालयका सबै सदस्य असफल भएको भन्दै उहाँले सबैले सामूहिक राजीनामा दिन प्रस्ताब गर्नुभएको थियो । उहाँले पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन र सचिवालयमा पनि नयाँ पुस्ता ल्याउन प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology