Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पछिल्लो २४ घण्टा १ हजार ४४२ जनामा कोरोना सक्रमण भेटियो


3.4K
Shares

पछिल्लो २४ घण्टा १ हजार ४४२ जनामा कोरोना सक्रमण भेटियो

काठमाण्डौ ३, मङ्सिर । पछिल्लो २४ घण्टामा आज थप १ हजार ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताउनुभयो ।

काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका नयाँ सङ्क्रमितहरु मध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय सङ्क्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology