Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कालिज मार्न हानेको भरुवा बन्दुक पड्केर घर्तीको मृत्यु


6.1K
Shares

कालिज मार्न हानेको भरुवा बन्दुक पड्केर घर्तीको मृत्यु

मङ्सिर ३ । कालिज मार्न हानेको भरुवा बन्दुक लागेर दाङमा एक पुरुषको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्तीको कालिज मार्न हानेको भरुवा बन्दुक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने ३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्नका लागि मंगलबार राति भरूवा बन्दुक पड्काएका थिए । तर भोजबहादुरलाई लाग्न पुग्दा उनको घट्ना स्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित टोपबहादुरलाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology