काठमाण्डौ ३, मङ्सिर । जनता समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनु पर्ने बेला आएको बताउनु भएको हो ।
आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने अबस्था आएको उहाँको भनाई छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा भएपनि राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनै पर्ने बताउनुभयो ।
डा. भट्टराईले राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने उल्लेख गर्नुभयो । ओली सरकारको असफलता–भ्रष्टाचारबारे नेकपाले नै लिखित आरोप लगाइसकेको भन्दै उहाँलाई पदबाट जसरी पनि हटाउनु पर्ने भट्टराईको तर्क छ ।