Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ८९ बर्षका बृद्धा सहित थप ४ जनामा कोरोना संक्रमणको पुष्टी


2.1K
Shares

गोरखामा ८९ बर्षका बृद्धा सहित थप ४ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा ३, मङ्सिर । गोरखामा आज एकै परिवारका ३ जना सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा अस्पतालमा काम गर्ने एक चिकित्सक परिवारका ३ जना र तनहुँ आँबुखैरेनी घर भई गोरखा अस्पतालमा उपचाररत १ जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टी हुनेमा ८९ र ५२ बर्षमा पुरुष र ५० बर्षिया महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । त्यस्तै गरी स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार तनहुँको आँबुखैरेनी घर भई गोरखा अस्पतालमा उपचाररत ६७ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

उनीको स्वाब गोरखा अस्पतालले संकलन गरेर क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षणकालागि पठाएकोमा पोजेटिभ देखिएको हो । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो ।यो सहित गोरखामा संक्रमित हुनेहरुको संख्या ६१९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology