तनहुँ ३, मङ्सिर । तनहुँको मानुङकोट धुम्न आएका एक युवक मृतावस्थामा फेला परेका छन् । शुक्लागण्डकी ७ श्याउली निवासी करिब ३५ वर्षका सागर थापा मृत भेटिएको तनुहँ प्रहरीले जनाएको छ ।
स्थानीय एक होमस्टेमा बास बसेका थापा गएराती साथीहरुसग रमाइलो गरि सुत्न गएका थिए । आज बिहान साथीहरु उठाउन जादाँ उनि मृत भेटिएको हो । घटनास्थलमा पुगेर मृतकको शवको मुचुल्का तयार पारी पोस्टर्माटमका लागि पठाएको छ ।
साथीहरुसंग घुम्न पुगेको उनि रातभर नाचगान गरेर रमाइलो गरे पछि बिहान सुत्छु भनेर गएको तर अबेर पनि न उठेको बताइएको छ । ।मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।