Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अन्तत् दुवै अध्यक्षको उपस्थितीमा नेकपा सचिवालयको बैठक सुरु


5.3K
Shares

अन्तत् दुवै अध्यक्षको उपस्थितीमा नेकपा सचिवालयको बैठक सुरु

काठमाडौं ३, मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अन्तत् दुवै अध्यक्षको उपस्थितीमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । पार्टीभित्र आन्तरिक विवाद चुलिएर पार्टी नै फुटको अवस्थामा पुगेको भनिएका बेला बसेको सचिवालयलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यसअघि गत कार्तिक २८ गते शुक्रवार सचिवालय बैठक बसेको थियो । शुक्रवारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न आरोपहरु लगाउँदै एकल प्रस्ताव पेश गरेका थिए । भने आजको लागि बैठक तय गरिएको थियो । सचिवालय बैठक शुरु हुनुपूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । यसअघि मंगलवार पनि अध्यक्षद्वय ओली र प्रचण्डले पालैपालो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।

सचिवालय बैठक सार्नका लागि अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको थियो । तर प्रचण्डसमूहले सचिवालय बैठक जसरी पनि बस्ने बताएका थिए । पार्टी विवाद चुलिएका बेला राष्ट्रपतिसँग नेकपा अध्यक्षद्वयको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि पार्टीको विवादमा सक्रियता देखाएको भन्दै राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology