गोरखा ३, मङ्सिर । गोरखामा साना व्यवसायी फर्म बिस्तार कार्यक्रम अन्र्तगत २९ वटा फार्मका लागि आव्हान गरिएको सूचनामा ५३७ वटा निवेदन परेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र गोरखाले चालु आर्थिक बर्षमा सञ्चालन गर्न लागेको उक्त कार्यक्रमका लागि गएको असोज ११ गतेदेखि एक महिना भित्र किसानहरुलाई अनुदानका लागि निवदेन आवहन गरेको थियो ।
कार्यक्रमका लागि जिल्ला भित्रका ११ वटा स्थानीय तहमध्ये १० वटा स्थानीयबाट निवेदन परेको केन्द्रका प्रमुख डा। इन्द्रबहादुर भट्टले जानकारी दिनुभयो । ‘चुमनुव्री गाउँपालिका बाहेक अन्य सवै गाउँपालिकाबाट किसानहरुले अनुदानका लागि निवदेन दिएका छन्’ उहाँले भन्नुभयो, निवेदन परेका मध्ये गोरखा नगरपालिकाबाट सवै भन्दा धेरै १ सय ५६ वटा निवेदन परेको छ ।’
उहाँले परेका निवदेनहरुका आधारमा कार्यलयका प्राबिधिक सहितको टोलीले स्थलगत अनुगमन गर्ने र उपयुक्त किसानहरुलाई छनोट गरि कार्यक्रममा समावेश गर्ने बताउनुभयो । धेरै निवदेन परेको टोली नै बनाएर सवै गाउँपालिकामा अनुगमनका लागी पठाउने तयारी गरिएको प्रमुख डा। भट्टले जानकारी दिनुभयो । ‘मङ्सिर भित्रका काम सक्ने गरि अनगुमन थाल्ने योजना हामीले बनाएका छौ, उहाँले भन्नुभयो, अनुगमनपछि थप अध्ययन गरि मापदण्डका आधारमा कृषक छनोट हुन्छ ।’
कार्यक्रमका लागि चालु आर्थिक बर्षमा गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट कुल ८७ लाख रुपैया बजेट प्राप्त भएको कार्यलय प्रमुख डा। भट्टको भनाई छ । छनोटमा परेका कृषकहरुलाई गोठ तथा खोर, माछा पालनका लागि पोखरी बनाउन अनुदान उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । ‘पशुपन्छी खरिद गर्ने गरि अनुदान दिदा पछि बिक्रि गर्न सक्ने भयो, उहाँले भन्नुभयो, खोर गोठ, पोखरी बनाउन दिदा पाल्ने किसानले मात्र अनुदान लिने भयो ।’
परेका निवेदनहरुमा धेरैजसो कुखुरा पालक किसानहरु रहेको प्रमुख डा। भट्टले जानकारी दिनुभयो । त्यसबाहेक, बाख्राको खोर निर्माण, भैसीको गोठ निर्माणका लागि पनि निवदेनहरुको माग भएको छ । ‘कार्यक्रम अन्र्तगत अधिकतम एक जना किसानका लागि ३ लाख रुपैयासम्म कार्यालयबाट अनुदान उपलब्ध गराउनेछौ, उहाँले भन्नुभयो, ‘आउदो माघ महिना भित्रका कार्यक्रम सम्पन्न गर्ने गरि काम भइरहेको छ ।’ भौगोलिक अबस्था, व्यवसायिकता, पेशागत मूल्याङकन लगायतका आधारमा अनुदानका लागि मापदण्ड तयार गरिएको उहाँले बताउनुभयो ।