काठमाडौ २, मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलीका लागि बोलाइएको सचिवालय बैठकमा राम बहादुर थापा (बादल) पनि सहभागि हुनुहुने भएको छ ।
केहिदिन अघि बसेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले पेस गर्नु भएको राजनितिक प्रतिबेदनमा असहमति जनाउदै भोलीको अर्का अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्म ओली पक्ष सहभागी नहुने बताइ रहेको बेला गुहमन्त्री समेत रहनु भएका बादल सहभागी हुने नहुने अडकल बाजि चली रहेको थियो ।
उहाँ निकट एक नेताका अनुसार बादल भोलीको सचिवालय बैठक सहभागी हुने पक्का हो । बादल पनि सचिवालयको बैठकमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलि भने अफ्ट्यारोमा पर्नु भएको छ । प्रचण्ड तथा माधब कुमार नेपाल पक्षले पटक पटकको पार्टीको निर्णयलाई प्रधानमन्त्री ओलिले नमानेको भन्दै भोलीको बैठक कुनै हालतमा नरोकिने बताउदै आएका छ्न ।
प्रधानमन्त्री ओलीले पनि कार्यकारी अध्यक्ष प्रचण्डलाई बैठक सार्न आग्रह गर्नु भएको छ ।