Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आज एकैदिन दुई हजार ८७८ जना सङ्क्रमण मुक्त, ५०२ जना सङ्क्रमित थपिए


1.5K
Shares

आज एकैदिन दुई हजार ८७८ जना सङ्क्रमण मुक्त, ५०२ जना सङ्क्रमित थपिए

काठमाण्डौ २, मङ्सिर । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ पुगेको जनाएको छ ।

हाल ३० हजार ९८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology