Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उडेको केहीबेरमै युद्धक बिमान बेपत्ता


4.1K
Shares

उडेको केहीबेरमै युद्धक बिमान बेपत्ता

एजेन्सी २, मङ्सिर । ताइवानको एफ–१६ युद्धक विमान मंगलबार उडेको केही बेरमै बेपत्ता बनेको छ। राडरको सम्पर्कमा उक्त विमान नभएको बताइएको छ।

यहाँको रक्षा मन्त्रालयका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझा ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो।

उडेको दुई मिनेटमै विमान वेपत्ता भएको बताइएको छ। एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची समावेश थिए।

हाल चीनसँग ताइवानको विवाद बढ्दै गइरहेको छ। चीनले ताइवानलाई आक्रमण गरेर कब्जामा लिनसक्ने बताइरहँदा ताइवानले सैन्य शक्तिलाई मजबुत बनाउन सैन्य अभ्यास गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology