Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट पोखरा जाँदै गरेको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते


6K
Shares

गोरखाबाट पोखरा जाँदै गरेको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते

गोरखा २, मङ्सिर । गोरखाबाट पोखरा तर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्यादे गाउँपालिका–४ थर्पुमा बसबाट मान्छे ओराल्ने क्रममा नरोकीकन यात्रु झार्न लाग्दा युवक ढोकाबाट खसेर गम्भीर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

घाइते हुनेमा तनुहँको म्यादे गाउँपालिका–७ घर भएका १६ बर्षका सोनम थापा रहेको प्रहरीले जनाएको छ । घाइते थापाको म्यादे पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको उहाँले बताउनुभयो ।

घटना लगत्तै बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology