Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

रक्सीले मातेर श्रीमतीको हत्या


2.4K
Shares

रक्सीले मातेर श्रीमतीको हत्या

गोरखा २, मङ्सिर । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–७ साँदनीमा भाईटिकाकै राती अत्यधिक मदिरा सेवन गरेर एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीय करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० बर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन् ।

भाईटिकाको दिन माईती पुगेर दाजुभाईलाई टिका लगाएर घर फर्केकी मृतक पुनमगरसँग अत्याधिक मदिरा सेवन गरेका श्रीमानको समान्य विवाद भएको र विवादका क्रममा कुटपिट हुँदा घरको भित्तामा टाउको ठोक्किएर श्रीमतीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।

घटनापछि मंगलबार बिहान सिमा प्रहरी चौकी तातापानी र इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले श्रीमतीको हत्यामा संलग्न पुन मगरलाई नियन्त्रणमा लिइसकेको र शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको प्रहरी निरिक्षक अवस्थीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology