गोरखा २ मंसिर । गोरखामा नोबल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट गोरखामा आज थप ब्यक्तिको मृत्यु भएको छ ।
मंगलबार संक्रमणबाट ज्यान गुमाउनेमा पालुङटार-७ च्याङलीका ८३ बर्षिय बृद्वाको ज्यान गएको गोरखा अस्पतालले पुष्टी गरेको हो ।
फोक्सोको क्यान्सर ले पिडीत उहालाई गोरखा अस्पतालमा कार्तिक २७ गते देखी आईसियुमा भर्ना गरी उपचार गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो।
उनको आज बिहान ७ः२५ बजे ज्यान गएको थियो । शब ब्यवस्थापनका लागि नेपाली सेनाले तयारी गरीरहेको छ ।