गोरखा १,मङ्सिर । गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोला माथि करिब ५० लाख रुपैयाको लागतमा झोलुङे पुल निर्माण गरिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्विस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग र हिमाली क्षेत्र बिकास केन्द्रको समन्वयमा झोलुङे पुल निर्माण गरिएको हो ।
पुल निर्माणमा कुल ४९ लाख ९१ हजार ३७६ रुपैया खर्च भएको केन्द्रका संयोजक बिरबल घलेले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाई ८६ मिटर रहेको छ । पुल निर्माण भएसंगै स्थानीय शंकदेवी आधारभूत बिधालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई आवत–जावतमा सजिलो भएको स्थानीयबासी राजकुमार ढकालले जानकारी दिनुभयो ।
‘झोलुङे पुल नहुदासम्म बालबालिकाहरुले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, पुल बनेसंगै अब ढुक्कसंग हाम्रा बालबालिकालाई बिधालय पठाउन सक्ने भएका छौ ।’ उक्त झोलुङ्गेपुलबाट मान्बु ठोट्नेरीदेखि छापगाउँ हुदै धादिङको बसेरी गाउँसम्मका मानिस दैनिक आउजाँउ गर्ने ढकालले बताउनुभयो ।
पुल नबन्दा पशुबस्तु वारपार गराउने क्रममा भैसी पशुबस्तु समेत खोलाले बगाउने गरेको भन्दै पुल निर्माण भएपछि स्थानीयबासीहरु पनि भएका छन् ।