Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एकता गरेको हो, पार्टी प्रवेश गरेको होइन : सांसद अधिकारी


1.6K
Shares

एकता गरेको हो, पार्टी प्रवेश गरेको होइन : सांसद अधिकारी

गोरखा ३०, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारीले कार्यकारी अध्यक्षको प्रस्तावमा पार्टी सचिवालय जस्तो उपल्लो निकायमा प्रवृत्तिगत किटानी गरेर विषय उठान गर्दा केही नेताहरुमा देखिएको हतास मानसिकता र आतङ्क देख्दा आफुलाई दया लागेको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया व्यक्त गर्नुहुदै सुधार गर्न र सुध्रन चाहनेले यो ल्याउनु वस्तुगत परिपक्वता बढेको दावी गर्नु भएको छ ।सांसद अधिकारीले नेकपाको एकता समाजवादको लागि भएको भन्दै एकता पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ

‘सत्ता र शक्तिको दुरूपयोग गरेर कसैले आफूलाई चमत्कारिक महिमामन्डित गरिरहने, हजारौँ नेता कार्यकर्ताले चुपचाप बसिदिनु पर्ने, समाजवादको मेसो केही नआउने, जनताले जीवनमा कम्युनिस्ट सरकारको अनुभुति नपाउने, चुनावी घोषणापत्र पूरा नहुने अवस्था आएको छ ।’ उहाँले भन्नुभएको छ । उहाँले अब समाजवादको केन्द्र नेपाली विशेषताको समाजवाद रहेको राय पनि व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology