Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रचण्डको प्रस्ताव फिर्ता गराउन ओली गरेको आग्रहमा वामदेवको ठाडो अस्विकार


2.9K
Shares

प्रचण्डको प्रस्ताव फिर्ता गराउन ओली गरेको आग्रहमा वामदेवको ठाडो अस्विकार

काठमाण्डौ ३०, कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिनुभएको छ ।

आइवार बिहान बालुवाटारमा भएको भेटमा ओलीले गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताको पहल गर्न आग्रह गर्नुभएको छ। तर, गौतमले बैठकबाट समाधान खोज्न सुझाएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।
‘यसरी छलफल गरेर प्रस्ताव फिर्ता हुँदैन। यसका लागि बैठक बसौं। बैठकमा यही प्रस्ताव राख्नुस् र छलफल गरौ। प्रस्ताव भन्दा पनि मुख्य तपाईंको कार्यशैली सच्चिने कुरा हो। कार्यशैली सच्चियो भने प्रस्ताव नै गौण हुन्छ भन्ने कुरा उपाध्यक्षले राख्नुभएको छ ।’ उहाँले भन्नुभयो ।

गौतमले ओलीलाई कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चल्ने स्थिति बनाएमात्र प्रस्ताव फिर्ता हुने उहाँले बताउनुभयो । गौतमले ओली यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता नहुने चेतावनी समेत दिनुभएको छ ।

‘कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चलाउने स्थिति बनाउनुस्। यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता हुँदैन। यो पाँचै जनाको प्रस्ताव हो ।’ गौतमको भनाई सुवेदीले भन्नुभयो । दुई नेताबीच एक घण्टा छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology