Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मध्यरात ठूलो संख्यामा जुवाडे पक्राउ, १ लाख ७५ हजार बरामद ( यि हुन पक्राउ पर्ने)


2.9K
Shares

गोरखामा मध्यरात ठूलो संख्यामा जुवाडे पक्राउ,  १ लाख ७५ हजार बरामद ( यि हुन पक्राउ पर्ने)

गोरखा ३०, कात्तिक । गोरखाको सिरानचोक गाउँपालिका–७ स्थित खहरेमा जुवा खेली रहेका ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती स्थानीयबासी धनबहादुर गुरुङको घरमा जुवाको खालबाट १६ वटा कौडा सहित उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट नगद १ लाख ७५ हजार ७३५ रुपैया समेत बराम गरिएको उहाँले बताउनुभयो । ‘जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोली पुगेर छापा मार्दा उनिहरु पक्राउ परेका हुन्, एसपी गुरुङले भन्नुभयो, पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याइएको छ ।’

ठूलो संख्यामा जुवा खोल्दै गरेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर उनिहरुलाई नगद, कौडा सहित पक्राउ गरिएको एसपी गुरुङले बताउनुभयो । पक्राउ परेको सवैको नाम समेत प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको टोली उनिहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरु माथि जुवा ऐन अन्तरर्गत मुद्वा दर्ता गर्ने तयारी गरेको उहाँले बताउनुभयो । ‘अहिले तिहार भएकाले सार्वजनिक बिदा परेको छ, उहाँले भन्नुभयो, मंसिर ३ गते मुद्धा गर्ने तयारी भइरहेको छ ।’ पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको बिबरण

  • जिल्ला गोरखा , सिरानचोक गा.पा. वडा नं. ७ बस्ने बर्ष ४४ को प्रेम बहादुर गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष १९ को सुनिल मग्राती ।
  • ऐ. ऐ. बस्ने बर्ष ५५ को धन बहादुर गुरुङ ।
  • ऐ. वडा नं. ६ बस्ने बर्ष ३० को प्रेम वस्ती ।
  • ऐ. वडा नं. ७ बस्ने ४१ को सोम बहादुर गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष ३२ को रमेश खड्का ।
  • ऐ. वडा नं. ६ बस्ने बर्ष ३५ को देवी लाल सुनाम ।
  • ऐ. वडा नं. ७ बस्ने बर्ष ३७ को काजी नेपाली ।
  • ऐ. वडा नं. ६ बस्ने बर्ष २४ को सृजन थापा ।
  • ऐ. ऐ. बस्ने बर्ष ३५ को दिपक पुडासैनी ।
  • ऐ. ऐ. बस्ने बर्ष २४ को किसान गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष २८ को अशोक गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष ४५ को यम बहादुर गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष ३२ को धन बहादुर तामाङ ।
  • ऐ. ऐ. बस्ने बर्ष ३१ को प्रविण गुरुंङ ।
  • ऐ. ऐ. बस्ने बर्ष २४ को सुरज लामिछाने ।
  • ऐ. ऐ. बस्ने बर्ष ३० को एक बहादुर गुरुङ ।
  • ऐ. वडा नं. ७ बस्ने बर्ष ३८ को कृष्ण खड्का ।
  • ऐ. भिमसेन थापा गा.पा. वडा नं. १ बस्ने बर्ष २१ को निदिन मिया ।
  • ऐ. सिरानचोक गा.पा. वडा नं. ७ बस्ने बर्ष ४२ को धन बहादुर खड्का ।
  • ऐ. वडा नं. ६ बस्ने बर्ष २५ को अजय गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष १८ को अनिष भट्ट ।
  • ऐ. ऐ. बस्ने बर्ष २४ को कृष्ण न्यौपाने ।
  • ऐ. ऐ. बस्ने बर्ष २६ को सुरज लामिछाने ।
  • ऐ. ऐ. बस्ने बर्ष २५ को सुर्दशन भट्ट ।
  • ऐ. ऐ. बस्ने बर्ष ४२ को जयन्त बहादुर गुरुङ ।
  • ऐ. वडा नं. ७ बस्ने बर्ष ३९ को धर्म प्रसाद भट्ट ।
  • ऐ. ऐ. बस्ने बर्ष ४५ को सुक बहादुर गुरुङ ।
  • ऐ. बारपाक सुलिकोट गा.पा. वडा नं. ६ बस्ने बर्ष ३० को मुकेश बानिया ।
  • ऐ. सिरानचोक गा.पा. वडा नं. ६ बस्ने बर्ष १८ को रोशन गुरुङ ।
  • ऐ. वडा नं. ७ बस्ने बर्ष ६० को ईन्द्र गुरुङ ।
  • ऐ. वडा नं. ६ बस्ने बर्ष ३९ को ज्ञानेन्द्र सुवेदी ।
  • ऐ. वडा नं. ७ बस्ने बर्ष ३७ को पदम बहादुर गुरुङ ।
  • ऐ. ऐ. बस्ने बर्ष २९ को रमेश खड्का ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology