Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कोरोना संक्रमण बढ्यो, आज फेरि २१ संक्रमित थपिए, अस्पतालका बिरामी पनि संक्रमित


1.6K
Shares

गोरखामा कोरोना संक्रमण बढ्यो, आज फेरि २१ संक्रमित थपिए, अस्पतालका बिरामी पनि संक्रमित

गोरखा २९, कात्तिक । । गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या झनझन बढदै गएको छ । शुक्रबार मात्र ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको गोरखामा आज फेरि थप २१ जनामा संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आज संक्रमणको पुष्टी भएकाहरुमा गोरखा अस्पतालका २ जना कर्मचारी सहित २ स्थानिय तहमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेहरुमा गोरखा नगरपालिकाका ११ जना र शहिद लखन गाउँपालिकाका ३ जना समेत रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये गोरखा अस्पतालको ल्याब र फार्मेशीमा काम गर्ने १/१ जना रहेका छन् भने अन्य ९ जना भने अस्पतालमा स्वाब दिएका स्थानिय स्तरका राजनैतिक दलका स्थानिय नेता र गोरखा अस्पतालमा बिरामी भएर आएकाहरुमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालले स्वाब संकलन गरेको मध्ये ७ जना, गोरखा नगरपालिकाले स्वाब संकलन गरेको मध्ये ११ जना र शहिद लखनको ३ जनामा संक्रमण पुष्टी भएको छ ।

गोरखा नगरपालिकाको ३ जना कर्मचारी सहित ११ मा संक्रमण
गोरखा नगरपालिकाले स्वाब लिएका मध्ये आज ११ जनामा संक्रमण पुष्टी भएको छ । जस मध्ये नगरपालिका भित्रै काम गर्ने ३ जना कर्मचारी समेतमा संक्रमण देखिएको छ ।संक्रमण देखि गोरखा नगरपालिका ३ जना कर्मचारीहरु मध्ये प्राविधिक, लेखा शाखा र फोहर संकलन गर्ने १÷१ जनामा संक्रमण देखिएको छ ।

गोरखा नगरपालिका ८ नम्बरको एउटै घरको ३ जनामा संक्रमण देखिएको छ भने साता दिन अगाडी मात्र संक्रमण देखिएको मालपोतका नासुका घरका परिवारका ३ जना पनि संक्रमण देखिएको छ । त्यस्तै गरी गोरखा सदरमुकामको नयाँ बजारमा रहेको एक सहकारीका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology