Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

२४ घन्टामा ३ हजार पाँच सय ३७ जना कोरोनामुक्त


4K
Shares

२४ घन्टामा ३ हजार पाँच सय ३७ जना कोरोनामुक्त

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार पाँच सय ३७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म १ लाख ६८ हजार १ सय २९ जना उपचार पछि निको भएका छन् । हिजो थप दुई हजार एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै सङ्क्रमितको संख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको छ । कोरोना सङ्क्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ सय २ पुगेको छ । सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि तयारी सुरु गरेको छ ।

विभिन्न देशमा बनिरहेका खोपलाई सरकारले नजिकबाट हेरिरहेको र खरिदका लागि आवश्यक बजेट जुटाईरहेको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले बताउनुभयो । खोप खरिदका लागि कानुन नभएका कारण, मन्त्रीपरिषद्को बैठकले अध्यादेश ल्याउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology