Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आज कुकुर तिहार : घरघरमा कुकुरको पुजा गरेर मनाइँदै


5.4K
Shares

आज कुकुर तिहार : घरघरमा कुकुरको पुजा गरेर मनाइँदै

गोरखा २९, कात्तिक । हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व दिपावलीको दोस्रो दिन कुकुर तिहार । आजको दिन घर घरमा कुकुरको पुजा गरेर यो पर्व मनाइदैछ । कार्तिक कृष्ण चर्तुदर्शीको यस दिनलाइ कुकर तिहार तथा नरक चर्तुदर्शी पनि भन्ने गरिन्छ । यस दिनमा कुकुरको विशेष पुजा आजागरि कुकुरलाई माला लगाइ सिंगारीदिने र उसलाई मनपर्ने खानेकुरा दिने प्रचलन छ ।

भैरवको बहान पनि मानिने कुकुरलाइ यमराजको दुत तथा भक्त पनि मानिन्छ । यस्ले मृत्यु पश्चात् स्वर्गमा जाने बेलामा बाटो देखाउने कार्य गर्छ भन्ने पनि विश्वास गरिन्छ । कुकुर एक आज्ञा पालक बफादार प्राणी हो । यसले विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन अनुुसन्धान गर्ने कार्यमा पनि सहयोग गर्ने गर्दछ ।

कुकुरले मानिसको घर परिवार लगायत बालिनालीको पनि रेखदेख गरी मानिसहरुलाइ सहयोग गर्दै आएको छ । आजभोली कुकुरलाई घरको सुन्दरताको लागि पनि पाल्ने गरिन्छ भने साथिको रुपमा पनि हेर्न थालिएको छ । कुकुरमा श्रवण शक्ति पनि ज्यादा हुने र निन्द्रा पनि छिटो खुल्ने भएकाले दिनमा वा रातमा उ जतिबेलै सक्रिय रहन सक्दछ । यसले प्राकृतिक विपत्तीको समयमा पूर्व सूचना दिने काम पनि गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology