Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पत्रकार कोरोना संक्रमित भए निःशुल्क उपचार


3K
Shares

पत्रकार कोरोना संक्रमित भए निःशुल्क उपचार

काठमाण्डौ २९, कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताउनु भएको हो ।

कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको जानकारी दिनुभयो ।

श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै मन्त्री गुरुङले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology