Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज एकैदिन ३५ जनामा कोरोना संक्रमण, ३ जना गोरखा नगरपालिकाका कर्मचारी


3K
Shares

गोरखामा आज एकैदिन ३५ जनामा कोरोना संक्रमण, ३ जना गोरखा नगरपालिकाका कर्मचारी

गोरखा २८, कात्तिक । गोरखा जिल्लामा आज ३६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका भित्र ३२ जना र पालुङटार नगरपालिका भित्र थप ३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखा नगरपालिकामा संक्रमण पुष्टी भएका मध्ये ३ जना नगरपालिकाका कर्मचारी रहेका छन् । नगरपालिका कार्यालयका नक्सा शाखाका १ जना महिला कर्मचारी, होल्डीङ सेन्टरमा कार्यरत १ जना पुरुष कर्मचारी र वडा नम्बर ९ का प्राविधिकमा संक्रमण पुष्टीभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै गरी गोरखा नगरपालिका वडा नम्बर ५ मा २ जना पुरुष, वडा नम्बर ६ मा ३ जना पुरुष, ५ जना महिला, ८ मा ६ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै वडा नम्बर ९ मा ४ जना पुरुष र ३ जना महिला र १० मा १ जना पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गोरखा नगरपालिका भित्रका संक्रमितहरुमा १७ जना पुरुष र १५ महिला रहेका छन् । गोरखा नगरपालिकामा संक्रमण पुष्टी भएका मध्येका एकजना भने भीमसेन थापा गाउँपालिका वडा नम्बर १ का रहेका छन् । यता जिल्लाको  पालुङटार नगरपालिका ३ जनामा संक्रमण देखिएको छ । जस मध्ये १ जना पुरुष र २ जना महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology