Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको दुर्गम गाउँ सिङ्लाका बिपन्न तथा असाहाय परिवारलाई खाद्यान्य बितरण


3.7K
Shares

गोरखाको दुर्गम गाउँ सिङ्लाका बिपन्न तथा असाहाय परिवारलाई खाद्यान्य बितरण

गोरखा २८, कात्तिक । गोरखाको बिकट गाउँ धार्चे गाउँपालिका– ५, सिङ्लामा ७५ क्विन्टल खाद्यान्य बितरण गरिएको छ । तिहारका बेला पर्व मनाउन समस्या परेकाहरुका लागि हिमाली साथि फाउण्डेसनको समन्वयमा सहयोगमा चामल, नुन तेल लगायतका खाद्य सामग्री बितरण गरिएको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।

फाउण्डेसनले सिङ्लामा ३० किलो ग्राम दरका २५० बोरा चामल बितरण गरेको उहाँले बताउनुभयो । गाउँमा रहेका बृद्धाबृदा, असक्त, अपांगताका परिवारलाई लक्षित गरि सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो ।

फ्रान्सका नागरिकको आर्थिक सहयोगमा स्थानीयलाई खाद्यान्य बितरण गरिएको हो, अध्यक्ष गुरुङले भन्नुभयो, फाउण्डेसनले यस अघि पनि सिङ्लाका बिपन्न परिवारलाई पटक पटक खाद्यान्य उपलब्ध गराउदै आएको छ ।’ चाडवाडका बेला खाद्यान्य सहयोग पाएपछि त्यहाँ बिपन्न, असाहाय, बृद्धबदा समेत खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology