काठमाण्डौं २८, कात्तिक ।अमेरिकी सरकारले नेपाललाई १०० थान भेन्टिलेटर सहयोग उपलब्ध गराउको छ ।कोरोनाविरुद्धको लडाईमा सहयोग पुर्याउने उद्वेश्यले अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग युएसआइडी मार्फत भेन्टिलेटर उपलब्ध गराएको हो ।
उत्त भ्यान्टीलेटर आज एक कार्यक्रम बिच अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गनुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदुत बेरीले ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको कुरा स्मरण गराउनु भयो
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अमेरिकी सरकारबाट प्राप्त भ्यान्टीलेटर सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७÷७ वटाका दरले र बाँकी सरकारी अस्पताललाई २÷२ वटाका दरले वितरण गरिने बताउनुभयो ।