Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बामदेवलाई प्रधानमन्त्रीको नयाँ अफर


3K
Shares

बामदेवलाई प्रधानमन्त्रीको नयाँ अफर

काठमाण्डौ २८, कात्तिक । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा दोस्रो वरियताको उपप्रधानमन्त्री, (गृहमन्त्रालय हेर्नेगरी) दिने प्रस्ताव राखिएको छ । हिजो राती यसै प्रयोजनका निम्ति लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अर्का एकजना संघीय मन्त्री भैँसेपाटी पुगेको बताइन्छ ।

अझ महासचिव बिष्णु पौडेलले त भन्नुहुन्छ भने म अहिले नै तपाईंको निम्ति अर्थमन्त्री छाड्न तयार छुसमेत भन्नुभएको छ तर गौतमले अब जे जे निर्णय गर्नुपरे पनि व्यक्तिगत होइन पार्टीगत निर्णय बमोजिम नै हुनुपर्ने आफ्नो धारणा सुनाएर पठाउनुभएको स्रोतको दाबी छ । यदि गौतमले उक्त प्रस्ताव स्वीकार्नुभएको भए या त आजको सचिवालय बैठक स्थगित गर्ने नभएपनि बैठकअघि नै गौतमलाई राष्ट्रपतिकोमा लगेर शपथ ग्रहण गराउने योजना थियो ।

यसो गर्दा हालका गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालयतिर सार्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीले आजको बैठकको अवस्था हेरी नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा सामेल गर्ने र मन्त्रीहरुको हेरफेर गर्ने तथा यसअघि बिबाद समाधानको निम्ति गठित कार्यदलको सुझावमा टेकेर पार्टी स्थायी समितिले लिएको निर्णयबमोजिम नेताहरुको सल्लाह र सुझावअनुसार चल्न प्रतिबद्ध रहेको जानकारी दिने एकथरिको भनाई छ । जनआस्थाबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology