गोरखा २८, कात्तिक । गोरखाको धार्चे गाउँपालिका–५ स्थित सिङ्लामा भएको निशुल्क दन्त शिविरमा १५० जनाले सेवा लिएका छन् । हिमालय यात्रा नामक संस्थाको आयोजना भएको तीनदिने स्वास्थ्य शिविरमा दन्तरोग सम्बन्धी बिरामीको निशुल्क उपचार गरिएको आयोजकले जनाएको छ । शिविरमा उपचारका लागि आएकाहरुलाई स्वास्थ्य उपचारसंगै दात निकाल्ने लगायतका सेवा प्रदान गरिएको संस्थाका रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
उपचारका लागि आएका मध्ये धेरैजसोमा दाँत दुख्ने समस्या रहेको पाइएको उहाँको भनाई छ । ‘एकसय जना भन्दा बढीको बिग्रिएका दाँत झिक्ने काम भयो, उहाँले भन्नुभयो, अधिकासं उपचारका लागि आएकाहरुमा नियमित दाँत नमाझ्ने समस्या रहेको दाँत नै झिकेर फ्याक्नु पर्ने अबस्था आएको चिकित्सको भनाई छ ।’
लायन्स क्लव ३२५ बी १ का सिनियर एम्बेस्डर अफ गभर्नर अजित खड्काको संयोजकत्वमा भएको दन्त शिविरमा दन्त चिकित्सक शंकर श्रेष्ठ, निरोज क्षेत्री, मनोज हमाल लगायतले उपचार सेवा दिएका थिए । बिकट गाउँमै दन्त शिविरमा दाँतको निशुल्क उपचार पाएपछि सिङ्लाबासी समेत खुशी भएका छन् । सो अबसरमा शिविरमा आएकाहरुलाई करिब ६ वटा ब्रस तथा ६ सय वटा मञ्जन समेत बितरण गरिएको आयोजकले जनाएको छ ।
गएको मंगलबारदेखि तीन दिनसम्म शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । टोलीमा सहभागी लायन्स तथा लियो क्लवका प्रतिनिधिहरुले सो क्रममा स्थानीयबासीको आँखाको समस्याको बारेमा पनि अध्ययन गरेको र आगामी दिनमा आँखाको रोगको शिविर पनि राख्न सकिने जनाइएको छ ।