Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाकमा तिहार लगतै केन्द्रिय बिद्युत प्रशारण लाइनबाट बत्ती बाल्न पाइने


5.5K
Shares

बारपाकमा तिहार लगतै केन्द्रिय बिद्युत प्रशारण लाइनबाट बत्ती बाल्न पाइने

गोरखा २८, कात्तिक । गोरखाको बारपाकमा केन्द्रिय बिद्युत प्रशारण लाईन जडानको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय लधु जलबिद्युत आयोजनामा भरपर्दै आएका बारपाकका स्थानीयबासीहरुले अब तिहार लगत्तै केन्द्रिय प्रशारण लाईनबाट बिजुली बत्ती बाल्न पाउने प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो ।

‘बारपाकमा केन्द्रिय प्रशारण लाईन जडानका लागि पोल गाड्ने, तार टाङ्ने, ट्रान्सर्फमर राख्ने लगायतका सवै काम सम्पन्न भइसकेको छ, उहाँले भन्नुभयो, अब मिटर जडान गरेर बत्ती छोड्ने काम मात्र बाँकी हो ।’ कार्यालय प्रमुख न्यौपानेले बारपाकको मुख्य बजार क्षेत्रबाट तिहार लगतै मिटर जडानको काम सुरु गर्ने बताउनुभयो ।

गएको चैत महिनामा बिद्युत छोड्ने गरि काम भएको भएपनि कोरोना संक्रमणका कारण भएको बन्दाबन्दीले मिटरबक्स जडानमा ढिलाई भएको उहाँको भनाई छ । ‘पहिलो चरणमा करिब ६ सय घरधुरीमा मिटर जडान गरि बत्ती बाल्ने तयारी छौ, कार्यालय प्रमुख न्यौपानले भन्नुभयो, ‘त्यसपछि बाँकी घरधुरीलाई मिटर जोड्दै बत्ती दिदै गर्न सकिने अबस्था छ ।’ ।

प्राधिकरणले मिटरबक्स बितरणका लागि कार्यालयबाट बारपाक मै कर्मचारी नै पठाएर आबश्यक दस्तुर लिएर जडानको काम पनि संगसंगै गर्ने प्रमुख न्यौपानेले बताउनुभयो । ‘बारपाकदेखि गोरखा बजारसम्म त्यहाँका स्थानीयबासी मिटरबक्स लिन आउजाँउ गर्दा उहाँहरुलाई दुःख धेरै हुन्छ, उहाँले भन्नुभयो, बरु हामी हाम्रै कर्मचारीलाई पठाएर त्यही कुनै व्यवस्थापन गर्दा नागरिकहरुलाई सजिलो हुन्छ भन्ने लागेर बारपाकमै पुगेर मिटरबक्स बितरण गर्ने योजना बनाएका हौ ।’

एकै पटक सवैले मिटर बक्स खरिद गरेकामा काम सूरु भएको एक हप्ता भित्रमा बारपाकमा सवै काम सकिने उहाँले जानकारी दिनुभयो । बारपाकमा बिद्युतको केन्द्रिय प्रशारण लाईन जडानका लागि राङरुङदेखि बारपाकसम्म ६ स्थानमा ट्रान्सफर्मर राखिएको प्रमुख न्यौपानले बताउनुभयो ।

‘राङरुङ, मान्द्रे, दुम्सीखामा १÷१ वटा र बारपाक बजार क्षेत्रमा बारपाक बसपार्क, भूकम्प स्मारक पार्क र कोटकालीमा ३ स्थानमा ट्रान्सफर्मर राखिएको छ, उहाँले भन्नुभयो, ‘ सवै क्षेत्रमा गरि ६ वटा ट्रान्सफर्मर कुल ४ सय केभिए क्षमताको राखिएको छ । बारपाककै पोखरी र कुलगाउँ तिर भने बिद्युत प्रशारण लाइन बिस्तार गर्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

गोरखा जिल्लामा अहिलेसम्म नेपाल बिद्युत प्राधिरणका ४४ हजार ग्राहक रहेका छन् । प्राधिकरणले चालु आर्थिक बर्षभित्रमा थप ३ हजार घर परिवारमा सेवा पु¥याउने लक्ष्य राखेको प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology