गोरखा २५, कात्तिक । संबिधान सभाका पूर्व सभासद ज्ञानेन्द्र कुमाललाई कोरोना संक्रमणको भएको छ । जनता समाजबादी पार्टी नेपालका नेता समेत रहनु भएका कुमाललाई आज संक्रमणको पुष्टी भएको हो ।
कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षणका लागि स्वाब दिनुभएका उहाँको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टी भएको हो ।
संक्रमणपुष्टी भए लगत्तै उहाँले सामाजिक सञ्जाल मार्फत आफुमा संक्रमणको पुष्टी भएकाले सम्र्पकमा रहेकाहरुलाई सर्तक रहन अपिल समेत गर्नुभएको छ ।