Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

यसरी मिल्यो बारपाक सुलिकोट र धार्चे गाउँपालिका बिच भुकम्पको केन्द्र बिबाद


4.8K
Shares

यसरी मिल्यो बारपाक सुलिकोट र धार्चे गाउँपालिका बिच भुकम्पको केन्द्र बिबाद

काठमाण्डौ २५, कात्तिक। भुकम्पको केन्द्र बिबाद बारे गोरखाको दुई गाउँपालिका बिचको बिबाद मिलेको छ । धार्चे गाउँपालिकाले इपिसेन्टर धार्चे रहेको आसय सहित इपिसेन्टर ट्रेल निर्माण गरेपछि चर्किएको बिबाद सर्वपक्षिय बैठक बसी दुई गाउँपालिका बिच ३ बुदेँ सहमती गरिएको हो । २०७२ साल बैशाख १२ गते गएको बिनासकारी गोरखा भुकम्पको केन्द्र धार्चे गाउँपालिकमा पर्ने भन्दै गएको एकहप्ता अघि इपिसेन्टर शब्दको प्रयोग भएको प्रति बारपाक सुुलिकोट गाउँपालिका आपत्ती जनाएको छ ।

सहमतीमा धार्चे गाउँपालिकाले इपिसेन्टर शब्दको प्रयोग प्राबिधिक रुपमा गलत लेखिएकाले सच्याउने निर्णय भएको छ । त्यस्तै केन्द्र बारपाक सुलिकोट गाउँपालिकामा पर्ने कुरामा कुनै बिबाद नरहेको सर्वपक्षीय सहमतीमा उल्लेख छ । सर्वपक्षीय सहमतीमा धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका बिच बिबाद भई धार्चे गाउँपालिका गाउँपालिका वडा नम्बर २ जाने सार्वजनिक बाटो पटक पटक अबरुद्ध हुने गरेकोमा अबदेखि बाटो बन्द गर्ने कार्य कसैबाट नगर्ने सहमती पनि भएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाले इपिसेन्टर ट्रेल निर्माण गर्दा सामुदायिक भवन भित्र ढुङगा तथा बन क्षेत्रबाट अन्य सामाग्री निकालेका बिषयमा भने सामुदायिक बन उपभोक्ता समितिको बिधान कार्ययोजना र प्रचलित ऐनकानुन बमोजिम गर्ने निर्णय भएको छ । बैठकमा दुबै गाउँपालिका प्रतिनिधी, स्थानीय सरोकारवाला तथा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology