Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मोटरसाईकल दुर्घटना, २ जना घाइते


3.5K
Shares

गोरखामा मोटरसाईकल दुर्घटना, २ जना घाइते

गोरखा २५, कात्तिक । गोेरखामा आज भएको मोटरसाईकल दुर्घटनामा २ जना घाइते भएका छन् । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ जरेबर भन्ने ठाउमा भएको मोटरसाईकल दुर्घटना सिरानचोक गाउँपालिका वडा नम्बर ६ का ५८ वर्षिय बलराम मल्ल र सोहि ठाउँका अन्दाजी ७० वर्षिय रेवतबहादुर मल्ल घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चारकाटेबाट नयाँ साँघुतर्फ जाँदै गरेको बा १७ प ३५९९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाईकल चालक र त्यसमा सवार दुबै जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर ६ का ५८ वर्षिय बलराम मल्ल र सोहि ठाउँका अन्दाजी ७० वर्षिय रेवतबहादुर मल्ल घाईते भएको प्रहरीले बताएको छ ।घाईते मध्ये रेवतबहादुर मल्लको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology