गोरखा २५, कात्तिक । गोरखा जिल्लामा आज थप २१ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमण पुष्टी भएका मध्ये ३ जना सरकारी कर्मचारी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा गोरखा नगरपालिका भित्र ७ जना र पालुङटार नगरपालिकाका भित्र ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका वडा नम्बर ४ मा २ जना, ८ मा १ जना, ९ मा १ जना, १२ मा २ जना र १४ मा १ जना रहेका छन् । गोरखा नगरपालिकाका संक्रमण पुष्टी भएका ३ जना सरकारी कर्मचारीहरु रहेको पुष्टी भएको छ । संक्रमित मध्ये गोरखा नगरपालिकाको लेखा शाखामा कार्यरत १ जना पुरुष कर्मचारी, वडा नम्बर १२ को प्राविधिक र ४ को सरस्वती मावि फिनामको शिक्षक रहेको पुष्टी भएको हो ।
त्यस्तै गोरखा अस्पतालबाट संकलन गरि कोरोना परीक्षणका लागि पठाइएका २७ बर्ष, ४० बर्ष र ५२ बर्षका ३ जनामा पनि आज कोरोना पुष्टी भएको छ । त्यस्तै अजिरकोट गाउँपालिकाका २२ बर्ष, ३३ बर्ष ३२ बर्ष र ३४ बर्षका गरि थप ४ जनामा पनि कोरोना पुष्टी भएको स्वास्थय कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिनुभयो ।
यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ५४० जना पुगेको छ । जसमध्ये १३८ जना संक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । त्यस्तै गरी गोरखा घर भई बाहिरी जिल्ल ामा संक्रमित भएकाहरुको संख्या ५९ पुगेको छ ।