तनहुँ २५, कात्तिक । तनहुँको बेलचौतारामा प्रहरीले लागुऔषध सहित ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गस्तीका क्रममा कोत्रेमा २८६ एम्पुल सहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
बेलचौतारा प्रहरीका अनुसार शुक्ला गण्डकी नगरपालिका ४ को कोत्रेमा प्रहरी गस्तीका क्रममा शंकास्पद गतिविधी गरे पछि तनहुँ ब्यास नगरपालिका ४ घर भएका २१ बर्षका सन्तोष गुरुङ, शुक्ला गण्डकी नगरपालिका ५ बस्ने बर्ष ३० का मनोज क्षेत्रि र गोरखा आरुपोखरी घर भई हाल शुक्ला गण्डकी २ को हलेदी बस्ने ३० बर्षका रबि गुरुङलाई प्रहरीले नियन्त्रणणमा लिएको हो ।
पक्राउ परेको उनीहरुबाट लागु औषध डाईजापाम १०४ एम्पुल, नुफिन ८९ एम्पुर र फेर्नारगन ९३ एम्पुल रहेको इलका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । पक्राउ परेको सबैलाई लागु औषध कारोबारमा मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।