गोरखा २५ ,कात्तिक । गोरखा जिल्लामा आज थप १४ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । संक्रमण पुष्टी भएका मध्ये ३ जना सरकारी कर्मचारी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा गोरखा नगरपालिका भित्र ७ जना र पालुङटार नगरपालिकाका भित्र ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमण पुष्टी भएकाहरुमा गोरखा नगरपालिका वडा नम्बर ४ मा २ जना, ८ मा १ जना, ९ मा १ जना, १२ मा २ जना र १४ मा १ जना रहेका छन् । गोरखा नगरपालिकाका संक्रमण पुष्टी भएका ३ जना सरकारी कर्मचारीहरु रहेको पुष्टी भएको छ । संक्रमित मध्ये गोरखा नगरपालिकाको लेखा शाखामा कार्यरत १ जना पुरुष कर्मचारी, वडा नम्बर १२ को प्राविधिक र ४ को सरस्वती मावि फिनामको शिक्षक रहेको पुष्टी भएको हो ।
यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ५३३ जना पुगेको छ । जस मध्ये १३१ जना संक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । त्यस्तै गरी गोरखा घर भई बाहिरी जिल्लामा संक्रमित भएकाहरुको संख्या ५९ पुगेको छ ।