Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा बलात्कृत भएर सात महिनाको गर्भ बोकेकी बालिकाद्धारा न्याय खोज्दै प्रहरीमा


2K
Shares

गोरखामा बलात्कृत भएर सात महिनाको गर्भ बोकेकी बालिकाद्धारा न्याय खोज्दै प्रहरीमा

गोरखा २५, कात्तिक । गोरखामा बलात्कृत भएर सात महिनाको गर्भ बोकेकी बालिका न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । गएको बैशाख ११ गते १४ बर्षकी एक बालिकाले आफु बलात्कृत भएर गर्भवती भएको भन्दै न्याय खोज्दै प्रहरीमा पुगेकी हुन् । गोरखा नगरपालिका ८ स्थित डेरा नजिकैको पखेरामा तरकारी टिप्न गएकी उनलाई स्थानीय तुलबहादुर थापाले आफुलाई जबरजस्ती करणी गरेको प्रहरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी स्रोतले भन्यो, ‘न्युरो टिपिदिने, कापी, कलम, लुगा किनिदिने भनेर फकाए’, पिडित ‘अनि करणी गरे, बालिकाले बयानमा भनेकी छिन्।’ डरधम्कीका कारण उनले घटना बारे कसैलाई नभनेको पनि प्रहरीलाई बताएकी छिन् । भारत घर भई लामो समयदेखि बुबा आमासित गोरखामा बस्दै आएकी बालिकालाई ५९ बर्षका थापाले घटना बारे कसैलाई नभन्न भनेपछि लुकाएर राखेकी थिइन् ।

घटना बारे परिवारले थाहा पाएपछि जबर्जस्ती करणी गरेका थापाविरुद्ध कारबाही गर्न माग गर्दै पिडितका बुबाले सात महिनापछि कात्तिक २३ गते आइतबार थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology