Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सरकारले गर्यो कोरोनाको निशुल्क परीक्षण र उपचार गर्ने निर्णय


2.4K
Shares

सरकारले गर्यो कोरोनाको निशुल्क परीक्षण र उपचार गर्ने निर्णय

काठमाण्डौ २५, कात्तिक । सरकारले कोरोना संक्रमितको निशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको छ । चौतर्फी आलोचना र दबाबपछि मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले त्यसका लागि सवै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो ।

सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाइसकेको छ । निशुल्क कोरोना परीक्षण र उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology