गोरखा २४, कात्तिक । गोरखा अस्पतालमा कार्यरत एकजना चिकित्सकलाई आज कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा जिल्लामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो ।
गोरखा अस्पतालका २८ बर्षका चिकित्सकसंगै एनएमबि बैंक गोरखा शाखामा कार्यरत ३३ बर्षका १ जना पुरुषलाई संक्रमण देखिएको छ । त्यस्तै गरी संक्रमण देखिएका गोरखा नगरपालिका ६ का ३८ बर्षका पुरुष र गोरखा नगरपालिका ८ का ५५ बर्षका पुरुष भएको खुल्न आएको छ ।
संक्रमित सबैको गोरखा अस्पतालमा स्वाब संकलन गरी काठमाण्डौं पठाईएको भएता पनि त्यहाँ स्वाब परिक्षण नभए पछि पोखरामा गरिएको स्वाब परिक्षणमा पोजेटिभ देखिएको हो ।