Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ट्राफिक प्रहरीले थाल्यो दुर्घटना रोकथाम र कोरोनाबाट जोगिन एक मिनेट अभियान


2.9K
Shares

गोरखामा ट्राफिक प्रहरीले थाल्यो दुर्घटना रोकथाम र कोरोनाबाट जोगिन एक मिनेट अभियान

गोरखा २३, कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले आज एकदेखि चालकसंग एक मिनेट कार्यक्रम सुरु गरेको छ । देशभर भइरहेका सवारी दुर्घटना न्युनिकरण र चालकहरुलाई सचेतना प्रदान गर्न ट्राफिक प्रहरीले गोरखामा कार्यक्रम सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी गोरखा सदरमुकाम सहित जिल्लाको पालुङटार नगरपालिका, देउराली, बाह्रकिलो, आरुघाट लगायतका क्षेत्रमा अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । ‘गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशन अनुसार ११ वटै जिल्लामा आजदेखि यो कार्यक्रम सुरु भएको छ, उहाँले भन्नुभयो, गोरखा जिल्लामा पनि जिल्ला प्रवेशको मुख्य नाका सहित ट्राफिक प्रहरी रहेका सवै ठाउँमा कार्यक्रम गरेका छौ ।

अभियान अन्र्तगत चालकलाई सवारी रोकेर सवारी नियम, दुर्घटना हुनसक्ने कारण र ट्राफिक नियमको पालना लगायतका बिषयमा जानकारी प्रदान गर्न सुरु गरिएको उहाँको भनाई छ । अभियान अन्र्तगत ट्राफिक प्रहरीले बिश्वभर फैलिदै कोरोना भाइरस (कोभिड १९) को रोकथाम न्युनिकरण र संक्रमणबाट बच्न अनिबार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाउन समेत चालकहरुलाई अनुरोध गर्न थालिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology