Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिकाका कर्मचारीहरुमा कोरोना लक्षण : भोलिदेखि बन्द ९ दिनसम्म कार्यालय बन्द


2.9K
Shares

गोरखा नगरपालिकाका कर्मचारीहरुमा कोरोना लक्षण : भोलिदेखि बन्द ९ दिनसम्म कार्यालय बन्द

गोरखा २३, कात्तिक । गोरखा नगरपालिका गोरखाले भोलीेदेखि ९ दिनसम्म नगरपालिकाबाट प्रदान गरिदै आएको सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले आज एक सूचना जारी गर्दै कर्मचारीहरुमा कोरोना संक्रमणको पुष्टी भएको तथा कन्ट्रयाक्ट ट्रेसिङमा परेका कर्मचारीहरुमा पनि रुघाखोकी ज्वरो लगायतका लक्षण देखिएकाले आउदो मंसिर २ गतेसम्म अत्याबश्यक बाहेका सवै सेवा बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय नगरपालिका भित्र नै संक्रमितको सख्या समेत दिनहुँ जसो बढ्न थालेपछि थप संक्रमण फैलन नदिन नगरपालिका सहित नगरपालिका भित्रका नीजि तथा सामुदायिक बिधालयहरु बन्द गर्न लागिएको हो । ‘अत्यावश्यक बाहेकका सेवा बन्द रहन्छ’ प्रमुख प्रशासकिय अधिकत पन्तले जारी गर्नुुभएको सूचनामा भनिएको छ ‘कार्यालय र वडामा काम गर्ने कर्मचारीलाई रुघाखोकी, ज्वरो समेत आएको र केही कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गर्नु परेको हो ।’

नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय, सिकाई केन्द्र भने मंसिर ६ गतेसम्म बन्द रहने जनाएको छ । केही विद्यालयका शिक्षकहरुमा कोभिड १९ पोजेटिभ देखिएको, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिका भित्रका सबै विद्यालयको पढाई बन्द गर्न नगरपालिकाले दिएको हो । नगरपालिकाको बिभिन्न वडामा अन्यत्रबाट आउनेहरुलाई टोलबिकास संस्था र वडा कार्यालयमा जानकारी गराएर आउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology