Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित


3.9K
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गर्नुभएको थियो । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काउनुभएको थियो ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ । सेफिल्डको यो सातौं हार हो । १ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाईटेडलाई ४–१ ले पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology