गोरखा २३, कात्तिक । गोरखा सदरमुकाममा रहेको सिद्वी गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शरदबावु कट्टेल चयन हुनुभएको छ । संस्थाको जुम प्रबिधि मार्फत भएको १० औं साधारण सभा तथा तेस्रो अधिवेशनले कट्टेलको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति समेत सर्व सम्मत गरिएको हो ।
संस्थाका उपाध्यक्षमा श्रवण जोशी, सचिबमा काजिराम श्रेष्ठ र कोषाध्यक्षमा विशाल राना सर्व सम्मत चयन भएका हुन् । त्यस्तै गरी संस्थाका सदस्यहरुमा नारायण खत्री, गोकर्ण राना, वसन्त बस्नेत, ज्ञानहरि अर्याल र भोला मरहट्टा सर्वसम्मत चयन भएको संस्थाले जनाएको छ ।
कार्तिक १६ गते देखी २२ गते सम्म भएको जुम विधीको साधारण सभा तथा अधिवेशनले लेखा सुपरिवेक्षण समितीको संयोजकमा कृष्ण कुमार श्रेष्ठ र सदस्यहरुमा मनकाजी श्रेष्ठ र जगनसिंह गुरुङ चयन गरेको छ ।