Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बलात्कार बिरुद्ध युवतीहरुले यसरी गरे बिरोध प्रर्दशन (फोटो फिचर)


4.2K
Shares

गोरखामा बलात्कार बिरुद्ध युवतीहरुले यसरी गरे बिरोध प्रर्दशन (फोटो फिचर)

गोरखा २२, कात्तिक । गोरखामा युवतीहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार र महिला हिंसाका बिरुद्ध आज बिरोध प्रर्दशन गरेका छन् । ‘अझै कती सहने अभियान’ अन्तरर्गत गोरखाका युवतीहरुले कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर गोरखा सदरमुकाम क्षेत्रमा बिरोध प्रर्दशन गरेका हुन् । सो समूहले गोरखा बजारको लोकतान्त्रिक चोकमा प्रर्दशन गरेका थिए ।

हाम्रो अभियान ‘बलात्कार विरुद्ध हो’ बिरोध प्रदर्शनको अगुवाई गर्नुभएकी सुमित्रा मग्रातीले भन्नुभयो । ‘केही महिना यता दिनदिनै बलात्कारको घटना बढेको छ, यसको अन्त्य गर्न देश ब्यापी रुपमा हामी चरणबद्ध आन्दोलन र बिरोधका कार्यक्रम थालेका हौ’ उहाँले भन्नुभयो । घर भित्रै पनि होशियार, बलात्कारको लिंग हुँदैन, हामी चुप कहिले सम्म, अझै कति सहने जस्ता प्ले कार्ड लिएर युवतीहरुले प्रर्दशन गरेका थिए ।

प्रर्दशनमा ‘त बलात्कारी’ भन्ने गितमा समेत प्रर्दशन गरेका थिए ।युवतीहरुको उत्त समूहले बलात्कार बिरुद्वको कानुनलाई अझै कडा बनाउनुपर्ने, बलात्कार भएमा निवदेन दिने हद म्याद थप गर्नुपर्ने लगाएतका मागहरु राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology